एमाले घोषणापत्र तयारीमा, ‘समृद्धि र सुख’ मुख्य एजेन्डा



काठमाडौँ,माघ १५— नेकपा (एमाले) ले देशको समृद्धि र नागरिकको सुखको चाहना पूरा गर्ने लक्ष्यसहित आफ्नो घोषणापत्रको तयारी गरिरहेको जनाएको छ।

पार्टीका प्रचार संयोजक मीनबहादुर शाही ले आज जारी गरेको विज्ञप्तिमा एमालेले राष्ट्रलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दीगो विकास मार्फत नेपाली जनताको जीवनस्तर उकास्ने उद्देश्यले घोषणापत्र तयार पारिरहेको जानकारी दिएका छन्।

विज्ञप्तिअनुसार एमालेले व्यावहारिक तथा पाँच वर्षभित्र ठोस उपलब्धि हासिल गर्न सकिने कार्यक्रमहरू मात्र समेटेर घोषणापत्र ल्याउने तयारी गरेको उल्लेख छ।

यसै क्रममा घोषणापत्र निर्माणका लागि विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझाव संकलन गर्ने सिलसिलामा एमाले अध्यक्ष केपी शर्मा ओली ले वर्तमान सरकारले हालसम्म निर्वाचनलाई पूर्णतः निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित रूपमा सम्पन्न गर्ने वातावरण सुनिश्चित गर्न नसकेको पार्टी धारणा राखेका थिए।

ओलीले विगतका घटनाक्रमबाट राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुगेको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा सुदृढीकरण तथा राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्