स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो



काठमाडौँ, माघ १६ — स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य पूर्वको तुलनामा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३,१८,८०० तथा चाँदीको मूल्य रु ७,०६५ कायम भएको छ। बिहीबार सुनको मूल्य रु ३,३९,३०० र चाँदीको मूल्य रु ७,५०५ थियो।

यसअघि बुधबार सुनको मूल्य रु ३,१८,८०० र चाँदी रु ७,३००, मंगलबार सुन रु ३,०९,३०० तथा चाँदी रु ६,८७० कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारअनुसार आज एक औँस सुनको मूल्य करिब ५,५३७ अमेरिकी डलर र सोही परिमाणको चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्