खेतमा काम गरिरहेका व्यक्तिको गोली हानी हत्या



सिरहा,माघ १६— सिरहामा आफ्नै खेतमा काम गरिरहेका एक व्यक्तिको गोली हानी हत्या गरिएको छ।

सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको आज अपराह्न करिब २ बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सिरहा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार यादवलाई छातीमा गोली लागेको थियो। उनी खेतमा माटो बेच्ने प्रयोजनका लागि ट्याक्टरले जोतिरहेका बेला आक्रमण भएको प्रारम्भिक जानकारी आएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्