राजनीति नयाँ–पुराना दल र पुस्तामा विभाजन गर्न हुँदैन : शङ्कर पोखरेल



काठमाडौं,माघ १६ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई नयाँ र पुराना दल वा पुस्ताका आधारमा विभाजन गर्न नहुने बताएका छन्।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस चौतारी नेपालले आज आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले नेपाली समाजको चरित्र पुस्तागत विभाजनभन्दा मिलनसारिता र संवादमा आधारित रहेको उल्लेख गरे। मतदातालाई विकास र समृद्धिको एजेन्डामा जोड्न राजनीतिक दलहरू सक्षम हुनुपर्ने उनको भनाइ थियो।

महासचिव पोखरेलले निर्वाचनलाई लोकतान्त्रिक अभ्यास र नीतिगत बहसका रूपमा लिनुपर्ने धारणा राख्दै नीतिका आधारमा एमाले पहिलो नम्बरको दल बन्ने अपेक्षा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्