देउवासँग निरन्तर संवादमा छु : सभापति गगन थापा
जनकपुर,माघ १६— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवासँग आफू निरन्तर संवादमा रहेको बताएका छन्।
शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले देउवासहित पार्टीका शीर्ष नेताहरूसँग नियमित छलफल भइरहेको जानकारी दिए। उनले देश निर्वाचनको माहोलमा रहेको उल्लेख गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न निर्देशन दिए।
“अहिले विगतका असमझदारीको समय होइन, पार्टी एकढिक्का भएर अघि बढ्ने बेला हो,” उनले भने। सभापति थापाले निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गरिने चेतावनीसमेत दिएका छन्।

