प्रतिलिटर ३ रुपैयाँ बढ्याे डिजेल र मट्टितेलको मूल्य, पेट्राेलकाे कति ?



काठमाडौँ,माघ १७। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुन: हेरफेर गरेको छ। निगम सञ्चालक समितिको पछिल्लो बैठकले आइतबार बिहान १ बजेदेखि लागू हुने गरी नयाँ मूल्य दर निर्धारण गरेको हो।

नयाँ समायोजन अनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ। यद्धपी पेट्रोल र खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने यसपटक कुनै परिवर्तन गरिएको छैन।

यता निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाएको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले समय-समयमा यसरी मूल्य समायोजन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्