स्थानीय बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट
काठमाडौं, माघ १८ । स्थानीय बजारमा आज सुन र चाँदी दुवै धातुका मूल्य घटेको छ। शुक्रवारको तुलनामा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३,००,००० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु ५,५०० पुगेको छ।
गत शुक्रवार एक तोला छापावाल सुनको मूल्य रु ३,१८,८०० र चाँदीको मूल्य रु ७,०६५ कायम भएको थियो। त्यसअघि बिहीबार सुनको मूल्य रु ३,३९,३०० र चाँदी रु ७,५०५ मा कारोबार भएको थियो।
पछिल्ला केही दिनको मूल्यमा पनि उतार–चढाव देखिएको छ। गत बुधबार एक तोला छापावाल सुन रु ३,१८,८०० र चाँदी रु ७,३०० कायम भएको थियो भने मंगलबार सुनको मूल्य रु ३,०९,३०० र चाँदी रु ६,८७० रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र सेतो धातुको मूल्यमा गिरावट देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४,८६५ अमेरिकी डलर र त्यहि परिमाणको सेतो धातु चाँदी ८५ अमेरिकी डलर मा कारोबार भइरहेको छ।

