झापामा सुरक्षा चिन्ता नगर्न प्रहरी प्रमुख खड्काको आग्रह



झापा, माघ १८ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले निर्वाचनका सन्दर्भमा सुरक्षाबारे चिन्ता नगर्न उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। सुरक्षा जोखिम वा आशंका भए ढुक्कसँग जानकारी गराउन अनुरोध गर्दै सुरक्षामा कुनै कमी हुन नदिने उहाँको भनाइ छ।

झापा क्षेत्र नं. ५ मा विशेष प्रहरी टोली परिचालन भइसकेको र एकीकृत सुरक्षा योजना अनुसार जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको खड्काले जानकारी दिनुभयो। घरदैलो तथा चुनावी अभियानका क्रममा असुरक्षा गतिविधि र सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति देखिएकाले चासो बढेपछि सुरक्षा व्यवस्था थप सुदृढ गरिएको उहाँले बताउनुभयो।

निर्वाचन नजिकिँदै जाँदा सुरक्षाकर्मीहरूको सडक उपस्थितिसमेत बढाइएको र संवेदनशील क्षेत्रका रूपमा झापा–५ लाई विशेष प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहनेमा पनि उहाँले जोड थियोे ।

प्रतिक्रिया दिनुहोस्