पत्रकार दिनेश सिटौलाको निधन
काठमाडौं, माघ १८ । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष तथा पत्रकार दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अस्पतालले आज विज्ञप्ति जारी गर्दै उहाँको निधन भएको पुष्टि गरेको हो।
सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचार कार्यक्रममा सहभागी भइरहेका बेला एक्कासी बेहोस हुनुभएको थियो। त्यसपछि उहाँलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।
उहाँको निधनप्रति पत्रकारिता क्षेत्रका विभिन्न संघ–संस्थाले दुःख व्यक्त गरेका छन्। नेपाली चलचित्र पत्रकारितामा उहाँले पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी रहेको छ।


