नेपाली काँग्रेस शिवपुरी–काठमाडौं सम्पर्क समाजद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौं, माघ १८ — नेपाली काँग्रेस शिवपुरी–काठमाडौं सम्पर्क समाजले नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. प्रकाशशरण महत र मतदाताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

टोखा नगरपालिका, काठमाडौंस्थित मेरीगोल्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सीता मिजार, नेपाली काँग्रेस नुवाकोटका सभापति रमेश महत, सचिव बैकुण्ठ मिश्र, क्षेत्र नं. १ का सचिव शिव गुणी, शिवपुरीका अध्यक्ष कबिराज गुरुङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, वडा नं. ८ का अध्यक्ष केशव रिजाल, शिवपुरी–४ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, काँग्रेस नेता तथा बौद्धिक व्यक्तित्व हरिसिंह केसीलगायतको उपस्थिति रहेको थियो।

मुकुन्द पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्पर्क समाजका उपाध्यक्ष प्रल्हाद थापा, समाजका पदाधिकारी तथा सदस्यहरू, शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसबाट उपाध्यक्षका प्रत्याशी इन्दिरा थापा, जनज्ञान निकेतन माविका व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद सिटौला, नेपाली काँग्रेस थानापति अध्यक्ष रामकृष्ण डंगोलसहित विभिन्न तहका काँग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा उम्मेदवार डा. प्रकाशशरण महतले विगतका कमी–कमजोरी सुधार गर्दै अगाडि बढ्न आफू प्रतिबद्ध रहेको बताए। उनले विगतका कमजोरीलाई बिर्सेर पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबैलाई एकजुट हुन आग्रह गरे।

त्यस्तै, केन्द्रीय सदस्य तथा निवर्तमान सांसद सीता मिजारले देशको वर्तमान गम्भीर परिस्थितिमा हुन लागेको निर्वाचनमा देशभरका काँग्रेस उम्मेदवारलाई जिताउन सबैलाई सक्रिय हुन आह्वान गरिन्। नेपाली काँग्रेस नुवाकोटका सभापति रमेश महतले पनि पार्टीका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ता तथा समर्थकलाई लागिपर्न आग्रह गरे।

कार्यक्रमले चुनावी माहोललाई थप सक्रिय बनाएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्