पञ्चकन्या गाउँपालिकामा शिक्षकहरूका लागि ५ दिने एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम सम्पन्न
पञ्चकन्या, माघ १९ — पञ्चकन्या गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा रुडेक नेपाल र रुम टु रिडको प्राविधिक सहयोगमा शिक्षकहरूका लागि पाँच दिने एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सम्पन्न भएको छ।
यहीँ माघ १४ गतेदेखि सुरु भएको तालिम कार्यक्रम आइतबार सम्पन्न भएको हो। तालिमको उद्घाटन सामाजिक विकास समिति संयोजक तथा वडा नं. ३ का वडाध्यक्ष रामबाबु पराजुलीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ प्रमुख अतिथि तथा उपाध्यक्ष विमला केसी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विभिन्न विद्यालयका शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तालिम समापन समारोह समेत सामाजिक विकास समिति संयोजक एवं वडा नं. ३ का वडाध्यक्ष रामबाबु पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो। समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला केसी प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत हिराधन राई विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनलाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ। तालिमबाट शिक्षण सिकाइ प्रक्रियामा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ।

