नेपाल–भारत सीमामा ‘निपाह भाइरस’ को त्रास



इलाम, माघ १९ — भारतको पश्चिम बंगालमा निपाह भाइरस संक्रमण देखिएपछि इलामको सूर्योदय नगरपालिकाले सीमावर्ती क्षेत्रमा स्वास्थ्य सतर्कता बढाएको छ।

पशुपतिनगर नाकामा हेल्थ डेक्समार्फत स्वास्थ्य जाँच कडा बनाइएको छ भने अस्पतालमा आइसोलेसन कक्ष तयार गर्ने तयारी भइरहेको जनाइएको छ।

नगरपालिकाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र विद्यालयसँग सचेतना कार्यक्रम सञ्चालन गरेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार निपाह भाइरस चमेरा तथा जनावरबाट मानिसमा सर्न सक्ने र संक्रमणपछि ज्वरो, टाउको दुख्ने, वाकवाकी, खोकी र सास फेर्न गाह्रो हुने लक्षण देखिन सक्छ।

खुला सीमाका कारण जोखिम बढ्न सक्ने भन्दै फलफूल राम्ररी सफा गरेर मात्र खान र सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्