सुनचाँदीको भाउ उकालो, मंगलबार सुन प्रतितोला ३,७०० रुपैयाँले बढ्यो



काठमाडौँ,माघ २० — मंगलबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले बढ्दै २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो।

यसअघि भने सुनको मूल्यमा लगातार गिरावट देखिएको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य २० हजार ५०० रुपैयाँले घटेको थियो। त्यसपछि आइतबार १८ हजार ८०० रुपैयाँ र सोमबार १३ हजार ४०० रुपैयाँ ले मूल्य घटेको थियो।

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँ रहेको थियो। लगातारको गिरावटपछि मंगलबार सुनचाँदीको भाउमा आएको वृद्धि बजारमा पुनः चहलपहल बढ्न सक्ने संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्