१४ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?



काठमाडौं,माघ २१ । आज सुनको मूल्य तोलाको १४ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन बढेर ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । 

मंगलबार सुनको मूल्य तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज तोलामा २६५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस्