काठमाडौंमा अण्डा अड्किँदा एक पुरुषको ज्यान गयो



काठमाडौं,माघ २३ । काठमाडौंको कोटेश्वरमा अण्डा घाँटीमा अड्किँदा एक पुरुषको मृत्यु भएको छ। कोटेश्वर प्रहरीका अनुसार बिहीबार साँझ करिब ७ बजे उसिनेको अण्डा खाँदै गर्दा अड्किएपछि ४५ वर्षीय पुरुषको ज्यान गएको हो।

प्रहरीका अनुसार ती पुरुष कोटेश्वरस्थित विशाल खाजा घरमा खाजा खाइरहेका बेला अण्डा घाँटीमा अड्किएको थियो। अण्डा अड्किएपछि उनी अचेत भएका थिए। तत्काल उपचारका लागि उनलाई वीर अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकको हालसम्म सनाखत हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको कोटेश्वर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्