प्रतिताेला ४ हजार २०० रूपैयाँले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं,माघ २३ । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो । बुधबार कीर्तिमानी उचाइमा पुगेको सुनको भाउ पछिल्ला दुई दिन लगातार घटेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २७० रुपैयाँ घटेर ४ हजार ७१० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार चाँदी प्रति तोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।

