नुवाकोटको विदुरमा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालय उद्घाटन
नुवाकोट,माघ २३ । नुवाकोटको विदुर नगरपालिका–२ मा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालय सञ्चालनमा आएको छ। कार्यालयको उद्घाटन नुवाकोट क्षेत्र नम्बर–२ का उम्मेदवार ज्ञानेन्द्र प्रकाश घलेले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा उम्मेदवार घलेले विदुरसहित समग्र नुवाकोटमा चुनावी माहोल सकारात्मक बन्दै गएको प्रतिक्रिया दिनुभयो। उहाँले जनतासँग प्रत्यक्ष सम्पर्क बढाउँदै पार्टीका नीति, कार्यक्रम र एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्न सम्पर्क कार्यालयले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी संगठन विस्तार तथा प्रचारप्रसारलाई तीव्र बनाउने जनाएको छ।

