नुवाकोट पञ्चकन्यामा निर्वाचन तथा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न



नुवाकोट,माघ २३ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा निर्वाचन तथा निर्वाचन सुरक्षासम्बन्धी गाउँपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शुक्रबार नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै उपाध्यक्ष विमला के.सी., प्रहरी उपरीक्षक विपिन रेग्मी, उप–अनुसन्धान अधिकृत कमलप्रसाद भट्टराई, सशस्त्र प्रहरी नायब उपरीक्षक गंगा के.सी., गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, सबै वडाध्यक्ष, गाउँसभा सदस्य, कर्मचारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न अपनाउनुपर्ने उपाय, सुरक्षा चुनौती तथा समन्वयका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले निर्वाचन अवधिमा प्रशासन, सुरक्षा निकाय, स्थानीय तह र राजनीतिक दलबीच आपसी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमले पञ्चकन्या गाउँपालिकामा निर्वाचनप्रति विश्वास बढाउने र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्