‘नयाँ शक्ति’को चर्चा होहल्ला मात्र : पुष्पकमल दाहाल
काठमाडौं,माघ २३ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिनुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गर्नुभयो।
संयोजक दाहालले महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र थारू समुदायलाई पहिचान र अधिकार दिलाउने एकमात्र पार्टी आफ्नो भएको जिकिर गर्दै विचार र एजेन्डाका आधारमै नयाँ र पुरानो छुट्याउनुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक अर्थमा नयाँ हो।कार्यक्रममा दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै तथाकथित
नयाँ भनिने शक्तिहरूको गतिविधिकै कारण देश संकटतर्फ धकेलिँदै गएको टिप्पणी गर्नुभयो। उहाँले जनताको पक्षमा स्पष्ट विचार, नीति र प्रतिबद्धता नभएसम्म केवल ‘नयाँ’ भन्ने दाबीले अर्थ नराख्ने स्पष्ट

