पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना



काठमाडौं,माघ २४ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशसहित देशका हिमाली तथा उच्च पहाडी भू–भागमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहन सक्नेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहने पूर्वानुमान गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि तराईका थोरै स्थानहरूमा हुस्सु रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। यद्यपि, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्