गृह मन्त्री अर्यालद्वारा जिल्ला प्रहरी कार्यालय नुवाकोटको निरीक्षण, निर्वाचन सुरक्षाबारे निर्देशन



नुवाकोट, माघ २४—  गृह मन्त्री ओम प्रकाश अर्यालले जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा गृह सचिव राजकुमार श्रेष्ठ, सह–सचिव आनन्द काफ्ले, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

निरीक्षणका क्रममा गृह मन्त्री अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिनुका साथै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित रूपमा सम्पन्न गर्न अन्य सुरक्षा निकाय तथा सम्बन्धित पक्षहरूसँग आवश्यक समन्वय गरी कार्य गर्न निर्देशन दिनुभएको छ।

यसै क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा व्यवस्थापनमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको थियो। साथै, जिल्ला प्रहरी कार्यालय नुवाकोटमा तालिमरत “निर्वाचन प्रहरी” सँग अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गर्दै आवश्यक निर्देशन प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्