भयरहित वाताबरणमा मताधिकार प्रयोग गर्न पाउने अवस्था बनेको छ – गृहमन्त्री
धादिङ,माघ २४ । गृहमन्त्री ओम प्रकाश अर्यालले मलुकभर एकै चरणमा निर्वाचन हुने कुरामा कुनै दुई मत नभएको बताउनु भएको छ ।
मौशमको कारण देखाई निर्वाचन देशै भर एकै चरणमा हुन्न भन्ने भ्रम नराख्न मतदात र निर्वाचनमा सहभागी राजनीतीक दलहरुलाई गृहमन्त्री अर्यालले आग्रह गर्नु भएको हो ।
निर्वाचन लक्षित सुरक्षा अवस्थाका बारेमा जानकारी लिनका धादिङ पुग्नु भएका गृहमन्त्री अर्यालले सो कुरा बताउनु भएको हो ।
निर्वाचनका लागी सुरक्षा ब्यवस्था निकै कडा बनाईएको बताउदै सबै मतदाताहरुले भयरहित वाताबरणमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनेमा ढुक्क हुन समेत गृहमन्त्री अर्यालले आग्रह गर्नु भएको छ ।
यसै गरी नुवाकोटमा पनि गृहमन्त्री अर्यालले निर्वाचनका लागि शान्ति शुरक्षामा कुनै कमी हुन नदिने बताउनु भयो ।

