इलामको माइजोगमाईमा ५ रेक्टरस्केलको भूकम्प



इलाम,माघ २४ । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर आज साँझ ५ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उक्त भूकम्प आज साँझ मापन गरिएको हो।

भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ। यसअघि गत पुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपाल हिमाली भू–भागमा पर्ने भएकाले विभिन्न समयमा साना–ठूला भूकम्प जाने गरेको विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्