पञ्चकन्या गाउँपालिकामा HPV खोप सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न



नुवाकोट,माघ २५ । पञ्चकन्या गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा HPV खोप सम्बन्धी एकदिने पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पञ्चकन्या गाउँपालिका वडा नं. ४ स्थित नमस्ते रिसोर्ट, घ्याङ्स्वारामा आयोजना गरिएको हो।

पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विमला के.सी., प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, वडा नं. ४ का अध्यक्ष श्री सन्च तामाङ, शिक्षा अधिकृत, स्वास्थ्य शाखा प्रमुख तथा खोप समन्वय समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा HPV खोपको महत्व, लक्ष्य समूह, खोप सञ्चालन प्रक्रिया तथा प्रभावकारी कार्यान्वयनका विषयमा जानकारी गराइएको थियो।अभिमुखीकरणमार्फत पालिकामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउँदै बालिकाको स्वास्थ्य संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्