नुवाकोट तादीमा स्पाइनल पीडितलाई ह्वीलचेयर हस्तान्तरण
नुवाकोट,माघ २५। शेरा स्मृति स्वास्थ्य शिक्षा विज्ञान प्रतिष्ठानद्वारा प्रदान गरिएको एक थान ह्वीलचेयर तादी गाउँपालिका–२ निवासी स्पाइनल इन्जुरीबाट पीडित राकेश श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।
आइतबार आयोजित एक कार्यक्रममा तादी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बच्चुराम तामाङ र नेपाली कम्युनिष्ट पार्टी नुवाकोटका युवा नेता प्रदीप शर्मा कट्टेलले संयुक्त रूपमा ह्वीलचेयर हस्तान्तरण गर्नु भएको हो।
शेरा स्मृति स्वास्थ्य शिक्षा विज्ञान प्रतिष्ठान पूर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननीय राधिका तामाङका बुबा शेरबहादुर तामाङ र आमा राम्री तामाङको नाममा स्थापना गरिएको सामाजिक संस्था हो। उक्त प्रतिष्ठानले स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ।
ह्वीलचेयर सहयोगले पीडितको दैनिक जीवन सहज हुने अपेक्षा गरिएको छ भने स्थानीय तह र सामाजिक संस्थाबीचको सहकार्यले समुदायस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

