कैफियत देखिएपछि जरिवाना
काठमाडौँ,माघ २६- नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार ५०० बराबरको जरिवाना गरेको छ ।
स्थलगत अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले राजेन्द्र राईस मिललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कारवाही गरेको हो ।
यस्तै, स्वस्तिक नेपाल ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले आइतबार काठमाडौँ, ललितपुरका विभिन्न २१ फर्ममा अनुगमन गरेको थियो ।
स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहकार्यमा विभागले स्थलगत अनुमगन गरेको हो । विभागले गरेको कूल फर्ममध्ये २० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।

