नागढुङ्गा–सिस्नेखोला सुरुङको बलम्बु ‘फ्लाइओभर’ निर्माण सम्पन्न
काठमाडौँ, माघ २६ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत मुलुककै पहिलो बलम्बु ‘फ्लाइओभर’ निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा पुगेको छ।
त्रिभुवन राजमार्गलाई सुरुङमार्गसँग जोड्ने १८० मिटर लम्बाइ र सात मिटर चौडाइको यो फ्लाइओभरमा कालोपत्रे, ट्राफिक लाइट र सडक चिन्हलगायत सबै काम सकिएको आयोजना कार्यालयले जनाएको छ।फ्लाइओभर सञ्चालनमा आएपछि काठमाडौँ भित्रिने–बाहिरिने सवारीसाधनको ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।
तीन किलोमिटर पहुँचमार्ग हुँदै २ हजार ६६७ मिटर लामो सुरुङसम्म पुग्न सकिने छ। टोल बुथ बाहेक सुरुङमार्गको करिब सबै काम पूरा भइसकेको र सञ्चालनका लागि सेवाप्रदायक कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

