कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित



काठमाडौं,माघ २६ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका तथा सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका पारित गरेको छ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन १ देखि २१ गतेसम्म ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानअन्तर्गत सबै नेता–कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारी क्षेत्रमै परिचालन गर्ने निर्णय गरेको छ।

बैठकले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा, मर्यादित टिप्पणी र गाली–गलौज नगर्ने नीति अपनाउने तथा केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्