जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन यसै साता बुझाइने
काठमाडौं,माघ २६ । गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले पाँच महिनापछि छानबिन पूरा गरी रायसहितको प्रतिवेदन यसै साता सरकारलाई बुझाउने तयारी गरेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दुई सयभन्दा बढी व्यक्तिसँग बयान लिएर दोषी पहिचान तथा कारबाहीको सिफारिस गर्ने जनाएको छ।
आन्दोलनका क्रममा ७६ जनाको मृत्यु, २ हजार ४२९ जना घाइते र करिब ८४ अर्ब रुपैयाँ बराबरको क्षति भएको आयोगको निष्कर्ष छ।

