घाँटीमा मासु अड्किँदा नुवाकोटमा एक महिलाको मृत्यु



नुवाकोट,माघ २६ । घाँटीमा मासु अड्किएर नुवाकोटमा एक महिलाको मृत्यु भएको छ।

आइतबार साँझ करिब ८ बजे काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु बस्दै आएकी तथा नुवाकोट तार्केश्वर गाउँपालिका–५ गोर्स्याङ स्थायी वतन भएकी करिब ४१ वर्षीया गंगामाया तामाङ ल्होछार मनाउन काठमाडौँबाट नुवाकोटस्थित आफ्नै दिदीको घर आएकी थिइन्।

बेलुका खाना खाने क्रममा अचानक घाँटीमा मासु अड्किएपछि उनलाई तत्काल उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट लगिएको थियो। तर राति करिब १०:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्