नगर प्रमुखको मस्तिष्कघातबाट निधन



धनुषा,माघ २७ । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ। मस्तिष्कघातका कारण उपचारका क्रममा उहाँको सोमबार राति निधन भएको हो।

गत बिहीबार राति अचानक मस्तिष्कघात भएपछि यादवलाई जनकपुरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उहाँलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो। काठमाडौँको नर्भिक अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको हो।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारका अनुसार उच्च रक्तचापका कारण नगर प्रमुख यादवलाई मस्तिष्कघात भएको थियो। ५५ वर्षका यादव नेपाली कांग्रेसबाट हंसपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो।

नगर प्रमुख यादवको निधनले स्थानीय तह, राजनीतिक क्षेत्र तथा हंसपुर नगरपालिकामा शोकको वातावरण छाएको छ।

प्रतिक्रिया दिनुहोस्