बस दुर्घटनामा मृतकको संख्या ९ पुग्यो,घाइतेहरूको मन्थली र खुर्कोटमा उपचार हुँदै



रामेछाप,माघ २७ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ।

उद्दार कार्य जारी रहेकोले मृतकको संख्या एकिन गर्न नसकिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनु भयो । घटनामा नौ जनाको मृत्यु भएको र  उद्दार गरिएका मध्ये ८ जना घाइतेको मन्थली र खुर्कोटका अस्पतालमा उपचार भइरहेको पनि रामेछाप संवाददाता हिमाल ढुंगेल जानकारी दिनुभयो ।

रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा यात्रुबाहक बस खसेको हो । उद्धारको काम जारी रहेकाले क्षतिको विवरण अझै यकिन हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो ।

बसमा कति जना सवार थिए भन्ने अझै एकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्