सुनको मूल्यमा पुनः उकालो, तोलामा ११ सय रुपैयाँ वृद्धि
काठमाडौँ,माघ २८ । सुनको मूल्यमा आज पनि वृद्धि भएको छ। साताको चौथो कारोबार दिन बुधबार सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य बढेर प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ९० रुपैयाँले वृद्धि भई ५ हजार २ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियोे ।

