पहिचान नखुलेको तेस्रो लिङ्गीको शव फेला, अनुसन्धान सुरु
धनुषा,माघ २८। धनुषामा पहिचान खुल्न नसकेको एक जना तेस्रो लिङ्गी व्यक्तिको शव फेला परेको छ। बुधबार जनकपुर–यदुकाहा सडकखण्डअन्तर्गत बेलौनी र पौडेश्वरबीच शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको उहाँले जानकारी दिनुभयो।
प्रारम्भिक निरीक्षणका क्रममा मृतकको शरीरमा बाहिरी घाउचोट नदेखिए पनि घाँटीमा निलडाम देखिएको प्रहरीले जनाएको छ। घटनास्थलको मुचुल्का उठाएर आवश्यक प्रमाण सङ्कलन भइरहेको र घटनाको प्रकृति तथा कारणबारे अनुसन्धान सुरु गरिएको प्रवक्ता बमले बताउनुभयो ।

