राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मत पारित
काठमाडौँ,माघ २८ । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ।
आज बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो।
सभाको अर्को बैठक फागुन १ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने तय भएको छ।

