पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा बादल र हिमपातको सम्भावना



काठमाडौँ,माघ २९ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमानअनुसार बिहीबार दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।

तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्