सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने तोलामा ५० रुपैयाँले बढ्यो



काठमाडौँ,माघ २९ । नेपाली बजारमा लगातार बढेको सुनको मूल्यमा बिहीबार सामान्य गिरावट आएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। केही दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्यमा आज सामान्य ब्रेक लागेको हो।

सुनको मूल्य घटे पनि यस दिन चाँदीको मूल्यमा भने बढोत्तरी देखिएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो। आजको बजारमा चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्