रुकुमपूर्वमा प्रचण्डले हिउँ खेल्दै चुनावी अभियान जारी
रुकुमपूर्व,माघ २९ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वमा हिउँ खेलेर रमाएका छन्।
बिहीबार आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्व पुगेका दाहालले आज हिउँ खेलिरहेको भिडियो र तस्बिर उनको सचिवालयले सार्वजनिक गरेको छ। उच्च पहाडी क्षेत्रमा परेको हिमपातका बीच उनले स्थानीयसँग भेटघाट गर्दै केही समय हिउँमा रमाएको देखिन्छ।
यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि सोही क्षेत्रबाट उम्मेदवार बनेका दाहालले यतिबेला चुनावी प्रचार अभियान तीव्र बनाएका छन्। उनले विभिन्न गाउँ–बस्तीमा पुगेर मतदातासँग छलफल र भेटघाट गरिरहेका छन्।

