सुन तोलामा ३ हजारले घट्यो, चाँदी पनि ओरालो



काठमाडौं,फागुन १ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार भने प्रतितोला सुन ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा झरेको छ। बिहीबार एक तोला चाँदी ५ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक माग–आपूर्तिको अवस्थाका कारण मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्