पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे



काठमाडौं,फागुन १ । ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किएका छन्। उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा राजावादी शक्ति र समर्थकहरूको ठूलो भीड लागेको थियोे ।

उक्त अवसरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा लगायतका नेता तथा समर्थकहरू विमानस्थलमा भेला भएका थिए।

स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। सम्भावित भीड नियन्त्रण र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

पूर्वराजाको आगमनसँगै विमानस्थल क्षेत्र केही समय व्यस्त बनेको थियो भने सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्