नुवाकोटका प्रत्येक वडा जोड्ने पक्की सडक बनाउँछौँ : डा. प्रकाशशरण महत



नुवाकोट,फागुन २–नेपाली काङ्ग्रेसका नेता डाक्टर प्रकाश शरण महतले नुवाकोटको माथिल्लो भूभाग बेतीनी, घ्याङफेदीलगायत क्षेत्रका प्रत्येक वडा र गाउँ जोड्ने पक्की सडक निर्माण गर्ने योजना रहेको बताउनुभएको छ।

नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका महतले शनिबार काठमाडौंमा आयोजित काठमाडौ–दुप्चेश्वर सम्पर्क समितिको कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस कुनै पनि आपतकालीन अवस्थामा नडगमगाउने पार्टी भएको उल्लेख गर्नुभयो।

उहाँले आगामी निर्वाचनपछि संविधान संशोधन गर्दै देशमा स्थायित्व कायम गर्ने पार्टीको योजना रहेको बताउनुभयो। हाल देश अत्यन्तै तरल अवस्थामा रहेको उल्लेख गर्दै उहाँले उत्पन्न चुनौतीको सामना गर्न काङ्ग्रेस तयार रहेको दाबी गर्नुभयो।

अनेकौं उथलपुथलबीच पार्टी एकजुट भएर अघि बढिरहेको उल्लेख गर्दै महतले काङ्ग्रेस एकढिक्का भएर चुनावमा होमिएको अवस्थामा नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने ठोकुवा गर्नुभयो।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्