राइजिङ स्टार्स महिला एसिया कपमा नेपालको लगातार दोस्रो हार



काठमाडौं,फागुन ३ । थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा शनिबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग १८ रनले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ३० रनले पराजित भएको थियो।

यूएईले दिएको एक सय ९० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७१ रन मात्र बनाउन सक्यो। त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८९ रन बनाएको थियो।

ACC Women’s T20 Emerging Teams Asia Cup अन्तर्गतको समूह ‘ए’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र यूएई रहेका छन्। समूह ‘बी’ मा बङ्गलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र आयोजक थाइल्यान्ड समावेश छन्।

लगातार दोस्रो हारसँगै नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ।

प्रतिक्रिया दिनुहोस्