भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको घोषणा



काठमाडौँ, फागुन ३ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने मागसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिव प्रेम सुवालले ठूला भ्रष्टाचारीहरूलाई कडा कारबाहीस्वरूप मृत्युदण्डको सजायसमेत व्यवस्था गर्नुपर्ने प्रस्ताव घोषणापत्रमा समेटिएको जानकारी दिनुभयो।

घोषणापत्रमा जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गर्नुपर्ने उल्लेख छ। बुबा र आमा दुवै वंशज नेपाली नागरिक भएका सन्तानलाई मात्र वंशज नागरिकता दिने कानुनका लागि संघर्ष जारी राखिने प्रतिबद्धता जनाइएको छ।

त्यसैगरी विश्वविद्यालयका कुलपति, रेक्टर र रजिष्ट्रार, संवैधानिक आयोगका पदाधिकारी, सेना र प्रहरी प्रमुख तथा न्यायालयका न्यायाधीशहरू सम्बन्धित क्षेत्रबाट निर्वाचित गराएर नियुक्त गर्नुपर्ने विषयलाई पनि घोषणापत्रमा समेटिएको छ।

सचिव सुवालले सर्वसाधारणलाई थप सेवासहित प्रभावकारी स्वास्थ्य बिमा उपचार सुनिश्चित गर्न जोड दिइने बताउनुभयो। सहकारीमार्फत घरघरमै रोजगारी सिर्जना गर्दै कुटीर, घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न सके सहकारी क्षेत्रमा देखिएको ठगी नियन्त्रण गर्न सकिने उहाँको भनाइ थियो।

कृषि उत्पादन वृद्धि गर्न आवश्यक र सम्भव स्थानमा सिंचाइ नहर निर्माण, मल कारखाना स्थापना तथा बीउबिजनको व्यवस्थापनका लागि संघर्ष गरिने संकल्प पनि घोषणापत्रमा गरिएको

प्रतिक्रिया दिनुहोस्