पेट्रोलियम पदार्थको मूल्य वृद्धि, गए रातिदेखि लागू
काठमाडौं,फागुन ४ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ मूल्य निर्धारण गरिएको हो।निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले मूल्य बढाएको जनाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ।
मूल्य समायोजनसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ। निगमले अन्तर्राष्ट्रिय बजार मूल्य तथा ढुवानी लागतका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ ।

