सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घट्यो



काठमाडौ,फागुन ४ – नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १ सय २५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा दैनिक रूपमा सुनचाँदीको मूल्य समायोजन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्