जेनजी आन्दोलनका बेला फरार सात कैदी पक्राउ



काठमाडौं,फागुन ४– जेनजी आन्दोलनका क्रममा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते आन्दोलनका बेला फरार भएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा रसुवाको उत्तरगयाका ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरीका २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वासकी २३ वर्षीया बविता तामाङ, काभ्रेपलाञ्चोकको ठाँटीपोखरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङका भुवन तामाङ, सिन्धुलीको फिक्कलका भुवन तामाङ र भारतीय नागरिक रोशन साह रहेका छन्।

विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका उनीहरू आन्दोलनको क्रममा भागेका थिए। पक्राउ परेका सातै जनालाई सम्बन्धित कारागारमा पुनः पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्