नुवाकोट शिवपुरी–८ मा हलो चिन्हमा मत माग्दै उम्मेदवार विमल थापा



नुवाकोट,फागुन ४– निर्वाचन अभियानअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा हलो चिन्हका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्। स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै हलो चिन्हमा मतदान गर्न आग्रह गरिएको छ।

नुवाकोट क्षेत्र नम्बर १,राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विमल थापाले शिवपुरी–८ का विभिन्न बस्तीमा पुगेर मतदातासँग संवाद गर्दै आफ्नो प्रतिबद्धता प्रस्तुत गरेका छन्। उनले स्थानीय विकास, पूर्वाधार सुधार र युवालाई रोजगारी सिर्जना प्राथमिकतामा राख्ने बताएका छन्।

चुनाव चिन्ह ‘हलो’ लिएर मैदानमा उत्रिएका थापाले मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै समर्थनका लागि धन्यवाद व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा शिवपुरी क्षेत्रमा उम्मेदवारहरूको घरदैलो अभियान थप सक्रिय बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्