नुवाकोट बालकुमारीबाट हितबहादुर तामाङको घरदैलो अभियान सुरु
नुवाकोट,फागुन ४ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार हितबहादुर तामाङले आज फागुन ४ गतेदेखि आफ्नो निर्वाचन अभियान औपचारिक रूपमा सुरु गरेका छन्।
दुप्चेश्वर गाउँपालिका–५, बालकुमारीबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमको सुरुवात गर्दै तामाङले विकास, समृद्धि र उज्ज्वल भविष्यका लागि जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी नेता–कार्यकर्ता तथा समर्थकहरूलाई सक्रिय उपस्थितिका लागि धन्यवाद दिइएको छ।
उम्मेदवार तामाङले अब निर्वाचन क्षेत्र नम्बर १ का अन्य वडाहरूमा समेत घरदैलो कार्यक्रम विस्तार गरिने जानकारी दिँदै सबैलाई एकताबद्ध भएर अभियान सफल बनाउन आग्रह गरेका छन्।
उनले जनताको मन जित्दै समृद्ध नुवाकोट निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने बताएका छन्।

