विदुर–तारकेश्वर जोड्ने सडक कालोपत्रे कार्यको नगरप्रमुख राजन श्रेष्ठद्वारा स्थलगत निरीक्षण



नुवाकोट,फागुन ४ – विदुर नगरपालिका वडा नं. १२ अन्तर्गत नयाँपुल, गौरीवेशीँ, चारघरे, कठेरी र भट्टगाउँ हुँदै भदुवारबाट तारकेश्वर गाउँपालिका वडा नं. ६ पुग्ने सडकको स्तरउन्नति सहितको कालोपत्रे कार्यको स्थलगत अवलोकन गरिएको छ।

उक्त निर्माण कार्यको निरीक्षणविदुर नगरका नगर प्रमुख राजन श्रेष्ठले गर्नुभएको हो। निरीक्षणका क्रममा वडा नं. १२ का अध्यक्ष उपेन्द्र खड्का, नगरपालिकाका प्राविधिक कर्मचारी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

स्थलगत अवलोकनका क्रममा निर्माण कार्य तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न आवश्यक सहजीकरण तथा निर्देशन दिइएको जनाइएको छ। नगरप्रमुख श्रेष्ठले विकास निर्माणका काममा कुनै ढिलासुस्ती नहुने स्पष्ट पार्दै निर्धारित मापदण्डअनुसार कार्य सम्पन्न गर्न जोड दिनुभएको छ।

स्थानीयवासीका लागि महत्त्वपूर्ण मानिएको उक्त सडक स्तरोन्नतिपछि विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकाबीचको आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्