रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा ‘होल्ड’मा



गण्डकी, फागुन ५ – कास्की जिल्ला अदालतले रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने आदेश दिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा फिर्ताका लागि दिएको निवेदनमाथि सोमबार भएको सुनुवाइपछि अदालतले उक्त मुद्दा हाललाई ‘होल्ड’मा राख्ने निर्णय गरेको हो। अदालतका स्रेस्तेदार राजन खनालका अनुसार मुद्दा फिर्ता गर्ने वा नगर्ने भन्ने अन्तिम आदेश भने भएको छैन।

यसअघि महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दर्ता गराएको थियो।जिल्ला न्यायाधीश नितिश राईको इजलासले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेकाले सर्वोच्चबाट आदेश नआउञ्जेलसम्म जिल्ला अदालतले आवश्यक प्रक्रिया अगाडि नबढाउने जनाएको छ। “सर्वोच्चको आदेश नआउञ्जेल मुद्दा होल्डमा राख्ने आदेश भएको हो,” स्रेस्तेदार खनालले जानकारी दिए।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको थियो। महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते सहकारी ठगी मुद्दा यथावत राख्दै अन्य दुई मुद्दा फिर्ता लिने निर्णय गरेको जनाएको

प्रतिक्रिया दिनुहोस्